नेपाल एसबिआई बैंकले ३२औँ वार्षिकोत्सव मनायो, कर्मचारीद्वारा सामूहिक शपथ ग्रहण

Oplus_131072

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले जुलाई ९, २०२६ मा आफ्नो ३२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका कर्मचारीको सहभागितामा सामूहिक शपथ ग्रहण कार्यक्रम आयोजना गरेको हो।

Advertisement 1

काठमाडौं स्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले कर्मचारीहरूलाई शपथ ग्रहण गराउँदै बैंकप्रतिको जिम्मेवारी, व्यावसायिक नैतिकता र सेवाप्रतिको प्रतिबद्धता दोहो¥याउन आग्रह गरे। कार्यक्रममा प्रदेश कार्यालय तथा देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डे, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादवलगायत बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Advertisement 2

कर्मचारीलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको दीर्घकालीन विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा अग्रणी संस्थाको रूपमा स्थापित रहन प्रत्येक कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, सुशासन, सञ्चालन उत्कृष्टता तथा ग्राहक–केन्द्रित सेवामार्फत बैंकले निरन्तर प्रगति गरिरहेको उल्लेख गरे।

उनले कर्मचारीलाई नैतिकता, इमानदारी, नवीनता, सहकार्य तथा उत्कृष्ट सेवाप्रति प्रतिबद्ध रहन आग्रह गर्दै सामूहिक प्रयासबाट चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे।

Advertisement 3

वार्षिकोत्सवकै अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम पनि सञ्चालन गरेको छ। बैंकको कमलादीस्थित प्रधान कार्यालयसहित सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

यसैगरी, विराटनगरस्थित श्री लक्ष्मीनारायण वेद विद्याश्रमलाई प्रविधिमैत्री शिक्षाका लागि स्मार्ट बोर्ड प्रदान गरिएको छ भने विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ।

त्यसैगरी, सुर्खेतको वीरेन्द्रनगरस्थित शाखामार्फत श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। बैंकका अनुसार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवद्र्धन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

प्रकाशित :२०८३ असार २६, शुक्रबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry