२१ जना मन्त्रीमध्ये यी तीनले मात्र गरे ओलीको संसद बिघटन प्रस्तावको प्रतिवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाबिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद विघटन गर्न प्रस्ताव राखे । आइतबार बिहानै ओली बिहान ९ बजेर ४५ मिनेटमा मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनिएको थियो ।

Advertisement 1

बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा एजेण्डा रहेको बताए– सवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र नयाँ जनादेशमा जाने।

सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए ।अहिले क्याविनेटमा २२ मन्त्रीहरु छन् । तीमध्ये सञ्चारमन्त्री पार्वत गुरुङ कार्यक्रमको सिलसिलामा गृह जिल्ला दोलखा पुगेका छन् । त्यहाँ उपस्थित २१ मन्त्रीमध्ये तीन जना मन्त्रीले मात्र ओलीको सो प्रस्तावको प्रतिवाद गरेका थिए ।

Advertisement 2

संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी क्याविनेट बैठकमा पुगेकै थिएनन् । मन्त्री त्रिपाठीका अनुसार उनी पुग्दा मन्त्रिपरिषद्को बैठक सकिसकेको थियो । उनले संसद बिघटनको प्रस्ताव दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
तर सो प्रस्तावको विपक्षमा खडा भए तीन जना मन्त्रीमात्र । उर्जामन्त्री बर्षमान पुन,कृषिमन्त्री घनश्याम भुषाल र पर्यटनमन्त्री योगेश भट्टराईले मात्र सो प्रस्तावको प्रतिवाद गरेका थिए ।
उनीहरुले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असैवधानिक हुनेभन्दै संसद बिघटन गर्न नहुने तर्क गरेका थिए ।
तर ओलीले कुनै तर्क नगरी तपाईँहरुको कुरा सुनेँ भन्दै हतारहतार निर्णय गराएर हिँडेका थिए ।

पार्टी भित्रबाटै आफूलाई हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाअभियोग लगाउने तयारी भैरहेका चाल पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।
सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् ।

Advertisement 3

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

प्रकाशित :२०७७ पुष ५, आईतवार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry