रसुवाका पाँचवटै गाउँपालिकामा एमाले अधिवेशन, सर्वसम्मत नेतृत्व चयन

रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

Advertisement 1

अधिवेशनले उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन भएका छन् ।

Advertisement 2

आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन् ।

Advertisement 3

नौकुण्ड गाउँपालिकामा अध्यक्षमा हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन भएका छन् ।

कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेको छ ।

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामीनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन भएको पूर्व सांसद जनार्दन ढकालले बताएका छन् ।

 

प्रकाशित :२०७८ कार्तिक १०, बुधबार १०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry