रसुवाको सुब्बा लामा नेकपा एसको सल्लाहकार परिषद्मा

नेकपा एकीकृत समाजवादी (एस)ले १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । जहाँ बुद्धिजीवि,पूराना कम्युनिष्ट नेतादेखि लेखक, राजनीतिक विश्लेषकसम्म अटाएका छन् । एकीकृत समाजवादीले गठन गरेको केन्द्य्रिय सल्लाहकार परिषद्मा प्रा कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराई, पूर्व मन्त्री मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, गजलकार बुँद रानादेखि डा चन्द्रमणि अधिकारी लगायत समावेश भएका छन् ।
सोही परिषद्मा रसुवाबाट पूराना कम्युनिष्ट नेता सुब्बा लामालाई समावेश गरिएको छ ।
सुब्बा लामा रसुवा जिल्लाबाटै पहिलो पटक आइएस्सी उत्र्तीण गर्ने व्यक्ति हुन । इमानको राजनीति गरेर सधै किनारामा पर्दै  आएका उनी ०४८ सालमा संसदीय चुनावमा लडेर पराजीत भए । त्यतिखेर अहिलेका जिल्लाका सांसद मोहन आचार्यका ठूलोबुवा रामकृष्ण अचार्यले चुनाव जिते । आचार्यले चुनाव मात्र जितेनन्,रसुवाबाटै पहिलो मन्त्री पनि बने । उनी नेपालकै पहिलो विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका थिए । त्यसयता रसुवाबाट कोही मन्त्री बन्न सकेका छैनन् । यस्तै ०५६ को निर्वाचनमा नुवाकोटका डिबी लामाले रसुवाबाट चुनाव लडे,उनै लामासँग सुब्बा चुनावी प्रतिष्प्रर्धामा थिए तर डिबी लामाको साम,दाम,दण्ड,भेदका अघि सुब्बा लामाको इमानले काम गरेन,उनी थोरै मात्र मतान्तरले चुनावमा पराजय भए । ६८ मतको अन्तरले पराजित भएका थिए । ०५४ सालमा साविक एमालेको जिल्ला सचिव,जेष्ठ कम्युनिष्ट मञ्चमा रहिसकेका उनी पार्टी र राजनीतिमा देखिएको विकृती र बिसंगतीका कारण राजनीतिमा निस्क्रिय थिए बरु लामा यो बीचमा आफ्नै व्यापार व्यवसायमा रमाउँदै थिए ।
२०३८ सालदेखि नै होटल व्यवसायमा लागेका उनी राजनीति त्यागेर पूर्णकालिन व्यवसायी बने । अहिले होटल रेड पाण्डा सञ्चालन गर्दै आएका छन् । लामालाई रसुवाको नामी होटल व्यवसायीको रुपमा लिइन्छ ।

Advertisement 1

जब एमाले पार्टी बिघटन भयो र नेकपा एकीकृत समाजवादी गठन भयो तब उनी सो पार्टीपट्टी खुलेका थिए । पार्टीले उनलाई केन्द्रिय सल्लाहकार परिषद्मा राखेको छ ।

 

प्रकाशित :२०७८ कार्तिक ३, बुधबार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry