अन्तत : संसदमा पेश भयो एमसीसी

 

Advertisement 1

अन्तत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश भएको छ । अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को आइतवारको बैठकमा एमसीसी सम्झौता पेश गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्न नमानेपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले संसदमा टेबल गरेका हुन ।


नियम अनुसार अर्थमन्त्रीले शर्माले नै एमसीसी संसदमा टेबुल गर्नुपर्ने हो । कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी टेबल गर्ने उल्लेख थियो । अर्थमन्त्री शर्मा आजको बैठकमा अनुपस्थित हुने भएकाले उनको ठाउँमा कार्कीले एमसिसी टेबल गर्न लागेका हुन्। कार्की अर्थमन्त्री भएकै बेला अमेरिका भ्रमणका क्रममा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । एमसीसीको वकालत गर्दै आउनुभएका कार्कीलाई नै देउवाले प्रस्ताव टेबल गर्ने जिम्मा दिएपछि अर्थमन्त्री शर्मा भने आजको संसद बैठकमा अनुपस्थित रहेका छन् । अर्थमन्त्री शर्मा बिरामी भएको बताइएको छ ।

प्रकाशित :२०७८ फाल्गुन ८, आईतवार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry