पढाउन छाडेर आयोगको तयारी गर्नेलाई कारवाहीको चेतावनी

विद्यालय समयमा पढाउन छोडेर शिक्षक सेवालगायत अन्य आयोगको तयारी गर्ने सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै यस्तो चेतावनी दिएको हो ।

Advertisement 1

No description available.

विद्यालय समयमा आयोगको तयारी गर्ने,कोचिङ कक्षामा पढ्ने,पढाउने, तथा सोसम्बन्धी अनलाइन कक्षामा सामेल हुने गुनासोहरु आउन थालेपछि यस्तो निर्देशन दिइएको परिपत्रमा उल्लेख छ ।

Advertisement 2

यदि कुनै शिक्षकले विद्यालय समयमा पढाउन छोडेर अन्य कार्य गरेमा उनीहरुलाई शिक्षा नियमावली,२०५९ को नियम एक सय ३३ को उपनियम एकको प्रावधान विपरीत हुने भएकाले विभागीय कारवाही गरिने केन्द्रको भनाइ छ ।

साथै,केन्द्रले स्थानीय तहमार्फत सबै शिक्षकलाई निर्देशन दिन र इकाईमार्फत नियमित अनुगमनको व्यवस्थासमेत मिलाउन केन्द्रले परिपत्रमार्फत नै आग्रह गरेको छ ।

प्रकाशित :२०७८ फाल्गुन ४, बुधबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry