अर्थका तीन सहसचिवको जिम्मेवारी हेरफेर :- राजस्वमा पौडेल, भन्सारमा सापकोटा र बजेटमा बराल

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय मातहतका राजश्व प्रशासनमा हेरफेर गरेका छन् । जसमध्ये आन्तरिक राजस्व विभाग र भन्सार विभागका कमाण्डरहरु हेरफेर भएका हुन् । आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई पठाइएको छ । पौडेल संचार तथा सूचना प्रविधि मन्त्रालयबाट साता दिनअघि मात्र अर्थमन्त्रालयमा सरुवा भएका थिए । यस्तै मन्त्री शर्माले भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई पठाएका छन् ।
शर्माले मन्त्रालयको बजेट महाशाखा प्रमुखमा भुपाल बराललाई ल्याएका छन् । बराल यस अघि बराल यसअघि लगानी बोर्डमा थिए। बजेट महाशाखामा बराल पुग्नुअघि सुमन शर्मा प्रमुख थिए। यस्तै प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशक पनि फेर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । त्यहाँ केही समय अख्तियार बसेर अहिले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत प्रकाश पौडेललाई पठाउने तयारी हुँदैछ । स्रोतका अनुसार सम्पत्ति शुद्धिकरणका हाकिम समेत फेर्ने प्रयास भइरहेको छ । त्यहाँ प्रेम भट्टराईलाई लैजाने तय भएको छ । भट्टराई हाल भक्तपुरका प्रमुख जिल्ला अधिकारी छन् ।

प्रकाशित :२०७८ भाद्र ३, बिहीबार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry