मनकारी धतुरे:- जन्म दिनको खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग
नेपाली हास्यव्यग्य क्षेत्रका एक सशक्त पात्र सिपी पुडासैनीले आफ्नो जन्मदिनको अवसरको खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेका छन् ।
Advertisement 1
भद्रगोल,हे सिटामोल हुँदै हाल सक्किगोनीमा जमिरहेका पुडासैनीने आफ्नो जन्मदिनको अवसरमा १५ हजार रकम धुुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनमा निर्मित गौतमबुद्ध अन्तराष्ट्रि क्रिकेट रंगशाला निर्माणका लागि आज फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलाई हस्तान्तरण गरेका हुन् ।
लेखन, निर्माण, मुख्य अभिनय र निर्देशनमा जमेका सिपीले पहिला नेपाल टेलिभिजनमा भद्रगोल सिरियल चलाए । त्यसपछि नेपाल टेलिभिजनमै के जमाना आ श्रृखला लिएर आए । क्या जमाना आ, हे सिटामोल हुँदै अहिले उनी हिमालयन एचडीबाट प्रशारण भइरहेको सक्किगोनी टेलिश्रृंखलामा सशक्त भूमिकामा छन् ।
उनले अघिल्लो बर्षदेखि नै जन्मदिनको अवसरमा हुने खर्च काटेर सामाजिक काममा खर्च गर्दै आइरहेका छन् ।