मन्त्री आलेको सचिवालय भन्छ :-बर्ष दिन अघिको भिडियो एडिट गरेर सार्वजनिक गरियो

पछिल्लो समय लोकप्रिय बन्दै गएका प्रेम आले एकाएक विवादमा तानिएका छन् । मंगलबार बिहानै एउटा भिडियो क्लिप सार्वजनिक भएको छ । सो भिडियो क्लिपमा मन्त्री आलेले एक जना युवकलाई तथानाम र आमचकारी गाली बर्साएका छन् । सोही भिडियो क्लिपका कारण मन्त्री आले अहिले विवादमा तानिएका छन् ।
मन्त्री आलेले अछाम घर भइ हाल भारतमा रहेका जगत ओलीलाई फोनबाटै अश्लिल गाली गर्दै जहाँ बसेको छ त्यहीबाट उठाईदिने र मारिदिने धम्की दिएको अडियो सार्वजनिक भए पछि कतिपयले मन्त्री आलेले राजीनामा दिनुपर्ने मत सामाजिक सञ्जालमा व्यक्त गर्न थालेका छन ।
मन्त्री आलेको सचिवालयले भने, बर्ष दिन अघिको कुराकानीलाई अहिले अडिट गरेर सार्वजनिक गरेको भन्दै आलेको बचाउ गरेको छ । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जगत ओलीले बर्ष दिन अघि नै मन्त्री आलेसँग मुम्बईमा बसेर ओलीले ५० लाख रुपैयाँ माग गरेको र अन्तिममा रु २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको जिकिर गरेका छन् ।
मन्त्री आलेको लोकप्रिय काम देखेर अत्तालिएका एमालेका कार्यकर्ता सो भिडियो अहिले सार्वजनिक गरेको आलेको सचिवालयले जनाएको छ ।
Advertisement 1
ओलीले यस अघि पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री भीम रावल, नेपाली काँग्रेसका महामन्त्री गगन थापाका बिरुद्ध पनि मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेका छन् ।