उपनिर्देशकलाई सेवाबाट हटाउने चेतावनी

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिन भित्र सफाइ पेश गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।

Advertisement 1

सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईँलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
बजगाईँलाई स्पष्टिकरण पेश गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे ।

त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टिकरण माग गरिएको थियो । उनले लामो समयसम्म जवाफ पेश नगरेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

Advertisement 2

 

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार ०६:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry