मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिए

मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका छन । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् ।

Advertisement 1

मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । राज्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका थिए । मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।

प्रकाशित :२०७८ माघ २३, आईतवार २२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry