बेवारिसे शवलाई निशुल्क सदगतको व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन

विनयजंग बस्नेत यस्ता व्यक्ति हुन्,जो एक्लो प्रयाशले विगत सात बर्षदेखि वेवारिसे लाशहरुको सद्गद् गर्दै आएका छन् । यो बीचमा मात्र उनले झण्डै तीन सय बेवारिसे लाशहरुको सद्गद गरिसकेका छन् ।
यही अभियानमा होमिएकी सपना रोक्का मगर हालै मात्र बिबिसिको उत्कृष्ट सय महिलाहरुको सूचीमा परेपछि अहिले वेवारिसे लाशको व्यवस्थापन गर्दै आएको संस्था एक्सन फर सोसल चेञ्जको चर्चा पनि चुलिएको छ ।
एउटा बेवारिसे लाशको सदगद् गर्न झण्डै १० हजार हाराहारी खर्च हुँदै आएको छ ।
लामो समय पछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निशुल्क सदगत गर्ने गरि उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको छ ।

Advertisement 1

असाहाय जीवन यापन गरि कुनै कारणवस मृत्यु हुन गई लामो समय आफन्तहरु सम्पर्कमा आउन नसकेको कारण अस्पताल तथा अन्य क्षेत्रहरुमा बेवारिसे रहेका शवहरुको सद्गत तथा व्यवस्थापन गर्न मन्त्रालयले कोषलाई निर्देशन गरेको हो ।

मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी वेवारिसे शवका सम्वन्धमा सम्बन्धित स्थानिय तह, स्थानीय प्रशासन, सम्बन्धित अस्पताल आदीवाट प्रमाणित काजगाई लिई त्यसको अभिलेख राख्न भनेको छ ।

Advertisement 2

साथै, तथा उक्त काम गर्न थप बजेट आवश्यक पर्ने भएमा कार्यविधी निर्माण गरि पशुपति क्षेत्र विकास समितिको बोर्डरसंचालक समितिमा पेश गर्न उपसचिव दुर्गाप्रसाद भुर्तेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित :२०७७ पुष १, बुधबार १६:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry