खानी विभागका महानिर्देशक घिमिरेविरुद्ध सवा अर्वको भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अजनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित चल्तीका व्यवसायीसमेत गरी १८ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारले सहसचिव घिमिरेसहित ९ वटा सिमेन्ट उद्योगविरुद्ध पनि मुद्दा दायर गरेको हो । राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको कुसरमा सहसचिव घिमिरेविरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घिमिरेसहितका अन्य कर्मचारीहरु सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा सौनक भण्डारी डामिएका छन् ।

Advertisement 1

May be an image of text
अख्तियारले यी कर्मचारीका अलवा ९ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । मुद्धा दायर भएका सिमेन्ट उद्योगहरुमा सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

प्रकाशित :२०७८ माघ १२, बुधबार १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry