यी हुन् दोश्रो विवाह गर्ने नेपाली सेलिब्रेटीहरु
भनिन्थ्यो लोग्ने–स्वास्नीको झगडा परालको आगो, अचेल यो मूढाको आगो बन्न थाल्यो । जो सल्किएपछि निभ्नका लागि अदालतकै ढोकासम्म पुग्नुपर्ने स्थिती छ ।
यस्तो विकृति झन् रंगिन दुनियाँमा व्याप्त छ । समाजमा आदर्श पात्र बन्नुपर्ने कलाकर्मीहरुकै पारिवारिक जीवन भद्रगोल छ । अधिकांश कलाकर्मीहरूको दाम्पत्य सम्बन्धमा दरार आएको देखिन्छ केही कलाकर्मीको मात्र सम्बन्ध कसिलो देखिन्छ । धेरैजसो कलाकारहरू पारिवारिक समस्यामा छन् ।
Advertisement 1
यही भीडमा यो मीनपचासको जाडोलाई तताउने गरी नायक रमेश उप्रेती र किरण राणाबीचको सम्बन्धमा तुषरापात आएको खबरले सिने वृत्त तातेको छ । दोश्रो पटक किरणसँग घरबार जोडेका रमेश र किरण अलग–अलग बस्ने स्थितीमा पुगेका छन् । केही बर्ष अघि अमेरिकाबाट फर्किएका यो दम्पत्तिमध्ये किरणलाई बुढानीलकण्ठको सिजी भिल्लामै छाडेर रमेश डेरामा बस्न थालेको खबरले सिने वृत्त तातेको छ । जसरी शिल्पा पोखरेल र छविराज ओझाको लफडा काठमाडौं जिल्ला अदालतमा पुगेको छ । हालैमात्र निखिल उप्रेतीले कोपीलासँग महंगो डिभोर्स गरेका छन् उसैगरी रमेश र किरणको लफडा पनि अदालत पुग्ने अवस्थामा पुगेका उनीहरु निकट सुनाउँछन्् ।
Advertisement 2
उसो त रंगीन दुनिँयामा पहिलो घरबार विग्रिएपछि रेखा थापा, मनीषा कोइराला, रिमा विश्वकर्मा, गौरी मल्ल, छुल्टिम डोल्मा, मौसमी मल्ल, रञ्जना शर्मा, अरुणिमा लम्साल, मिलन अमात्यसम्म एक्लो जीवन जिउँदै छन् । पहिलो सम्बन्धमा दरार आएपछि दोस्रो पटक घरजमको बाटो रोज्नेहरु पनि बढ्दै छन् । यस्मा प्रिंयका कार्की,अञ्जु पन्त,मनोज गजुरेल लगायत छन् । पहिलो पति मनोजराज सेवासँग सम्बन्धमा पूर्णविराम लागेपछि अलग बाटो रोज्दै आएकी अञ्जु पन्त गीतकार थिर कोइरालासँग विवाह गरिसकेकी छिन् ।
Advertisement 3
मीना ढकालसँग सम्बन्धमा तुषारापात आएपछि बाध्यतावश, मनोज गजुरेलले शाखा अधिकृत मञ्जु पोखरेलसँग लगनगाँठो कसेका छन् । मनोजसँग करोडौं लिएर अलग भएकी मीनाको जग्गा खरिद गर्दा दलालले करोडौं उछिट्याइदिएपछि उनी अहिले तनावमा छिन् । यसरी दोस्रो घरजम गर्ने कलाकारको भीडमा सुस्मिता, भुवन केसी, प्रिंयका कार्की,निखिल उप्रेती लगायत छन् । निखिलले पनि हालैमात्र महंगो डिभोर्स गरेका छन ।उनले २० वर्ष पुरानो सगोत्री विवाह सम्बन्धलाई कानूनीरूपमा पूर्णविराम लगाएका हुन । कानुनी रुपको सम्बन्ध विच्छेदपछि भक्तपुरमा रहेको ४ करोड माथि पर्ने घर जेठी श्रीमतीलाई सुम्पिएका छन् । यस्का अलवा उनको भरण पोषणका लागि मासिक ५० हजार दिने सम्झौता भएको छ ।
यसरी दोश्रो भित्राउनेमा चर्चित कार्टुनिस्ट दुर्गा बराल उर्फ बात्सयानको पुत्र अनुप बराल पनि पर्दछन् । अनुपले दिया मास्केसँग घरजम गरेका थिए । यस्तै यही क्लबभित्र पर्दछन यम बराल,हरिवंश आचार्य, सत्यराज आचार्य, शंकर बिसी लगायत ।
गायक यम बरालले हालै मात्र दोश्रो विवाह गरेका छन् भने नायिका रेखा थापा आगामी वैशाखमा दोश्रो घरबार गर्ने तयारी गर्दैछिन् ।