बागमती प्रदेशको मुख्य न्याधिवक्तामा श्रेष्ठ नियुक्त

धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका थिए ।

Advertisement 1

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरे । प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा(२)बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए ।

त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराएका थिए ।

प्रकाशित :२०७८ पुष २६, सोमबार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry