सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम


सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको हो । विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुलाएको हो ।
विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ। चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्य अन्तरर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ ।

Advertisement 1

सोही कारण इच्छुक आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिने व्यवस्था समेत मिलाएको छ ।

जसका लागि ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सुचना अधिकृतसँग सम्पर्क गर्न विभागले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।

प्रकाशित :२०७७ मंसिर १८, बिहीबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry