ईश्वर पोखरेलका सम्धीको सपना चकनाचुर :-वाणिज्य बैंकका अध्यक्ष बने धनिराम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्‍चालक समितिका अध्यक्षमा धनिराम शर्मा नियुक्त भएका छन् । शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन् ।

Advertisement 1

कोईरालालाई पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै क्याविनेटका सिनियर मन्त्रीका सम्धीलाई वाणिज्य बैंकको संचालकमा सिफारिस गरेका थिए तर उनको चर्काे विरोध भएपछि धनिराम शर्मालाई अध्यक्ष बनाएको हो । यसअघि उपप्रधानमन्त्री ईश्‍वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई अध्यक्ष बनाउने प्रयास भएको भन्दै चर्काे विरोध भएको थियो ।

बैंकका अध्यक्षमा निर्मलहरि अधिकारीलाई राजस्व बोर्डमा पठाएपछि अध्यक्ष पद रिक्त थियो । बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् ।

Advertisement 2

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो

प्रकाशित :२०७७ पुष २४, शुक्रबार १०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry