रा.प. द्धितीय र तृतीय श्रेणीका कर्मचारीहरुलाई सेवाकालीन तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रा. प द्धितीय र तृतीय श्रेणीका कर्मचारीहरुलाई सेवाकालीन तालिमका लागि दरखास्त आवेदन पठाउन आग्रह गरेको छ ।मन्त्रालयले एक सूचना जारी गर्दै आगामी १२ माघदेखि सञ्चालन हुने तालिमका लागि आवेदन पठाउन भनेको हो ।
Advertisement 1
प्रोफेसनलल कोर्स अन म्यानेजम्यान्ट एण्ड डेभलपमेन्ट बिषयक सेवाकालीन तालिमका लागि मनोनयन गरी पठाउन मन्त्रालय,अन्तरगतका निकाय र स्थानीय तहका रा प तृतीय श्रेणीका कर्मचारीहरुलाई आग्रह गरिएको छ । आवेदन आगामी २७ पुसभित्र पठाइसक्नुपर्नै जनाइएको छ ।
यस्तै राप द्धीतिय श्रेणीका कर्मचारीहरुलाई एडभान्स कोेर्स अन म्यानेजम्यान्ट एण्ड डेभलपमेन्ट बिषयक सेवाकालीन तालिमका लागि आवेदन पठाउन भनिएको छ । सो तालिम पनि आगामी १२ माघबाटै आयोजना हुन लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।