रसुवामा सुक्खा पहिरो पन्छाउन थालियो

मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो ।

Advertisement 1

पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए ।

ठाडो भिर क्षेत्रमा अवस्थित राजमार्गको अवरोध हटाउन संयमता अपनाउनुपर्ने भएकाले पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने प्राविधिकको अनुमान छ । पहिराले राजमार्ग अवरूद्व बनाएपछि चीनबाट आयात गरिएका मालसामान बोक्ने कन्टेनर टिमुरे क्षेत्रमै रोकिएका छन् ।

Advertisement 2

गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ खोला आसपास क्षेत्रको भू–भागमा पहिराले विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेत बन्द छ । टिमुरे तथा रसुवागढी क्षेत्रमा सञ्चारविच्छेद भएको छ ।

प्रकाशित :२०७८ पुष २१, बुधबार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry