जिप दुर्घटनामा सात जना घाइते: एक जनाको अवस्था गम्भीर

काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गुराँसेमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

Advertisement 1

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नारायण बस्नेत (२६), उनकी श्रीमती निर्मला बस्नेत (२१),  केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका बिनाराम राई (३३), उनकी श्रीमती शारदा राई (३२), उनकै १ वर्षीय छोरा सोमराज राई ,  साकेला गाउँपालिका–२ रतन्छाका काजीमान राई (६२) र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका डिबी खड्का (४२) घाइते भएका हुन् ।

घाइतेमध्ये काजीमानको अवस्था गम्भीर रहेको  छ। उनको ॐबाबा पोलिक्लिनिक हलेसिमा उपचार भइरहेको छ  । उनको दाहिने हातको तीन औला छिनालिएको इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement 2

घट्ना लगत्तै चालक फरार छन् । अनियन्त्रित बनेको जिप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०७८ पुष १५, बिहीबार २०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry