स्थानीय तहमा जाने ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयनमा

नेपाल राष्ट्र बैंकले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले पुस २० गते देखि नै नयाँ व्यवस्था अनुसार कार्य गर्न बैंकहरुलाई अनुरोध गरेको छ ।
Advertisement 1
यसअघि पुस २ गते अर्थमन्त्रालयले स्थानीय तहको खातामा रहेको ८० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा परिचालन हुने गरी निक्षेपमा गणना गर्न पाउने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । बैंकहरुले २०७९ असार मसान्तसम्मका लागि यो सुविधा प्रयोग गर्न पाउने छन् ।
प्रकाशित :२०७८ पुष १९, सोमबार १८:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%