सुनसरीबाट डेढ लाखको पटका बरामद
सुनसरीको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटक बरामद गरेको छ।
Advertisement 1
सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले १ लाख ६५ हजार रुपैयाँ भन्दा बढी मूल्यको प्रतिबन्धित पटका बरामद गरेको हो।
सुनसरी जिल्लाको बिभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका पट्काहरु बरामद गरेको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।
Advertisement 2
त्यस्तै अघिल्लो दिन सशस्त्र प्रहरी सुनसरीले ४ लाख २४ हजार ७९ रुपैयाँ बराबरको भन्सार छलीको सामन बरामद गरेको छ । १९ गते सीमा इलाकाबाट भन्सार छली नेपाल भित्राइएका लत्ताकपडा,किराना सामान, माछा र सुर्ती समेत बरामद गरेको छ । उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागी सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाएको छ ।
Advertisement 3
प्रकाशित :२०८० कार्तिक २०, सोमबार १९:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%