पहिलो पटक विज्ञापन बोर्ड गठन, ५ सदस्य नियुक्त

नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सरकारी विज्ञापनको समानुपातिक वितरणका लागि सरकारले बोर्ड गठन गरेको हो ।बोर्डमा संचार क्षेत्र सम्बद्ध पाँच जना सदस्यहरु नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बोर्डका ५ जना सदस्यलाई नियुक्ति दिएका छन् ।
Advertisement 1
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डमा राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचन, एबीसी टेलिभिजनका शुभशंकर कँडेल, प्रेस संगठनका बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार सदस्य छन् । पूर्व सांसद समेत रहेका शेरचन सञ्चार उद्यमी हुन् । न्यौपाने ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान) का अध्यक्ष हुन भने दनुवार सामुदायिक रेडियो प्रशारक संघकी सचिव हुन् ।
बोर्डमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चार मन्त्रालयका सहसचिव सदस्य रहने व्यवस्था छ ।