१३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुलाउने भएको छ । प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको हो ।विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने छ ।
Advertisement 1
इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जानकारी गराएको छ ।
परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगका एक अधिकारीले बताउनुभयो ।
प्रकाशित :२०७८ पुष १३, मंगलवार २०:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%