सडक पुगेपछि फेरियो दैनिकी

केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या नै परिवर्तन भएको छ । विकास र सुविधाको पहिलो आधार नै सडक भएको स्थानीयवासीले महसुस गर्न थालेका छन् ।

Advertisement 1

भारी बोक्ने भरिया र खच्चड विस्थापित भएका छन् भने खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकले पेशा परिवर्तन गरेका छन् । उत्तरी म्याग्दी पर्यटकीय क्षेत्र पनि भएकोले केही ठाउँमा पदमार्ग विस्तार गरिए पनि अधिकांश ठाउँमा सडकको पहुँच पुगेको छ ।

धौलागिरि आधार शिविर रहेको पश्चिमी म्याग्दीमा पनि धौलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अरु ठाउँमा सडकको पहुँच पुगेकाले भारी बोकाएर व्यवसाय गरेर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

Advertisement 2

पहिले यो मार्गमा भरियाले खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्‍याउथे । पछि यो काम खच्चडले गर्न थाले । भरियाको तुलनामा खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए । तर, त्यो पनि अब सडकले थप सुविधायुक्त बनाएको छन्त्यालले बताए ।

दुई पुस्तासम्म खच्चडमार्फत ढुवानी गर्दै आउनुभएका मुदीका खमबहादुर विकले अहिले खच्चड बेचेर जीप खरिद गरेका छ । पहिला पहिला खच्चड खेद्दै भीरको बुट्यानमा झुण्डिएर आवतजावत गरेको बाटोमा अहिले गाडी गुडाउन पाउदा विकलाई बेग्लै आनन्दको महसुस भएको बताए।

Advertisement 3

“यही रूट भएर सडक निर्माण भएपछि दर्जनौं खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएर अहिले गाडी चलाउन थालेका छौं”, विकले भने, “दरबाङदेखि मुनासम्म र त्यसभन्दा अघि गुर्जासम्मको रुटमा सात वर्ष अघिसम्म खच्चडबाट सामान ढुवानी गर्दा र अहिले गाडी चलाउँदा धेरै फरक भएको छ ।”

 

प्रकाशित :२०७८ पुष १३, मंगलवार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry