‘नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्‍ने सपना नदेख्नु’

पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्ने बताएका छन् । आज गृहजिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उद्घाटन कार्यक्रममा बोले नेकपा फुटिदिन्छ कि, मैलेचाहिँ ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ । रोटी बेलिसकेको हो भने पनि सेकाउने ठाउँ पाउनुहुन्न ।’ उनले मुलुकको प्रचलित कानुन, संविधानले पनि नेकपा विभाजन गर्न नदिने बताएका छन् । नेता खनालले आफूहरु पाटीलाई अझै बलियो बनाउने काममा सक्रिय रहेको बताएका हुन् ।

Advertisement 1

‘पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ । संविधानले पार्टी फुटाउन दिँदैन । हामी पार्टी फुटाउने पक्षमा छैनौं । बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं’, उनले भने ।

पछिल्लो समय नेकपाको विवादका कारण पार्टी फुट्ने आशंक भइरहेका बेला नेता खनालको यस्तो भनाई बाहिर आएको हो ।

प्रकाशित :२०७७ मंसिर १५, सोमबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry