मृत भेटिएका एसएसपी यादवको अन्त्येष्टि गरियो

एसएसपी सुशीलकुमार यादवको शनिबार नवलपरासीको त्रिवेणीमा शव यात्रासहित अन्त्येष्टि गरिएको छ ।
Advertisement 1
शुक्रबार मृत भेटिएका संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख यादवको त्रिवेणीधाम घाटमा १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीयले जानकारी दिएका छन् ।
घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो ।शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रकाशित :२०७८ पुष ११, आईतवार ०८:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%