ज्ञवाली तानिए मन्त्रालयमा

एउटै कार्यालयमा प्रमुखका रुपमा नौ बर्षसम्म बसेका एक हाकिम बल्ल सरुवामा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै हिजो १६ जना सहसचिवको एकै लटमा सरुवा सूची तयार पार्दा तिनी पनि हेरफेर हुनेमा परेका हुन् ।

Advertisement 1

बालाजुस्थित नापतौल तथा गुण नियन्त्रण विभागमा बसेका विश्वबाबु पुडासैनीदेखि काठमाडौं महानगरपालिकाका राजेश्वर ज्ञवालीसम्म सरुवामा परेका छन् ।

सुधारवादी प्रशासकहरुलाई चार पाँच महिनामै भकुण्डो बनाइँदा पुडासैनी झण्डै नौ बर्षदेखि नापतौलमा थिए । उनलाई त्यहाँबाट तानेर बाग्मती प्रदेशको उद्योग मन्त्रालयमा पठाइएको हो । व्यापारी तथा उद्योगीहरुका बलमा त्यहाँ टिकिरहेका उनी तिनै सहसचिव हुन,जसले गत साउनमा उद्योग मन्त्रालयमा पुगेर लफडा मच्चाएको थिए । मन्त्रालयमा सहसचिव बलराम रिजाल छञ्जेल मन्त्रालयमै नटेक्ने कसम खाएर उनी बाहिरिएका थिए ।
सचिव बढुवाका लाइनमा रहेका पुडासैनी प्रदेशको अनुभव बटुल्नका लागि बाग्मती प्रदेशमा सरुवा भएर गएका हुन । अर्काे सहसचिव छन् काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली,जो समानान्तर निर्माणलाई दिएको एउटा ठेक्कामा मुछिएका थिए । महानगरपालिकाको ७० करोड लागतमा टेकुमा बन्दै गरेको भवनमा अनियमितता प्रकरणमा जोडिएका ज्ञवालीलाई सामान्यमा जगेडामा राखिएको छ । त्यहाँ लोकनाथ पौडेललाई पठाउने तयारी भइरहेको सामान्य स्रोतले जनाएको छ ।

Advertisement 2

यस्तै सामान्यको प्रशासन महाशाखा प्रमुख रहेका राजीव पोखरेललाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा रघुराम बिष्टलाई लैजाने तयारी चल्दैछ ।

यता सरुवामा परेका अन्य सहसचिवमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयका सचिव कमल भट्टराई अर्थ, यसअघि जगेडामा रहेका देवराज जोशी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । यस्तै आदिवासी जनजाति आयोगका भोला दाहाल अख्तियार र आयोगका नीराजन घिमिरे दलित आयोगमा पठाइएका छन् ।

Advertisement 3

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग,कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । केहीअघि मात्र प्रदेश नम्बर २ बाट गण्डकीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सहसचिव ध्रुव गैँडालाई बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा पठाउने गरी सरुवाको सूची तयार भएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित :२०७८ पुष ९, शुक्रबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry