जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा सार्वजनिक हुने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज ९बुधबार० न्याय सेवा आयोगको बैठक राख्दै छन्। दिउँसो ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ।
Advertisement 1
‘न्याय सेवा आयोगको बुधबार ३ बजे बैठक बोलाइएको छ’, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, ‘जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो।’
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था छ।
प्रकाशित :२०७८ पुष ७, बुधबार ०८:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%