नीजिका स्वास्थ्यकर्मीलाई सरकारको “सौतेनी” व्यवहार


कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीमाथि सरकारले नै सौतेनी व्यवहार गरेको छ ।
यस अघि नै सरकारले फ्रन्ट लाइनमा खटिएर कोरोना संक्रमितको रेखदेख र उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने र मृत्यु भइहालेको खण्डमा मृतकका परिवारलाई नगद २५ लाख राहत दिने निर्णय गरेको थियो ।

Advertisement 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएमा स्वास्थ्यकर्मीको परिवारलाई राहत स्वरुप २५ लाख राहत दिने मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो ।
तर सरकारले भने कोरोना संक्रमितको उपचारमा खटिएका सरकारी स्वास्थ्य संस्थाका चिकित्सकहरुको मृत्यु भएको कालखण्डमा उनीहरुको परिवारले २५ लाख राहत पाउनेछन् भने नीजिका चिकित्सक तथा स्वास्थ्यकर्मीको मृत्यु भएमा उनीहरुको परिवार चिल्लै ।

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक बाहेक नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,स्वास्थ्यकर्मीहरुले यो सुविधा नपाउने जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उक्त रकम सरकारी स्वास्थ्यकर्मीले मात्रै पाउँछन्।उनका अनुसार निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकको मृत्यु भएमा त्यसको जिम्मा सरकारले लिँदैन।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन्। जसमध्ये कोरोनाकै कारण १२ जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्।जसमध्ये ५ चिकित्सकसमेत छन् । प्राण गुमाउनेमा नर्स, अहेब, ल्याब टेक्निसियन पनि छन्।’

प्रकाशित :२०७७ मंसिर १४, आईतवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry