१ करोड ६० लाख राजस्व छल्न सघाउने भन्सारका एक अधिकृत र तीन नासुविरुद्ध मुद्दा दायर

एक अधिकृतसहित ४ जनाविरुद्ध राजस्व छलीको मुद्दा परेको छ ।
Advertisement 1
राजस्व अनुसन्धान विभागले भद्रपुर भन्सार कार्यालय झापाका मालबस्तु जाँचपासमा लापरबाही गरेर राजस्व चुहावट गर्न सहयोग गरेको आरोपमा भन्सार अधिकृत प्रमोद पौडेल तथा नायब सुब्बाहरू नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्वकर्मा र किशोर आचार्य विरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध १ करोड ६० लाख ७५ हजार ३ सय ७८ रुपैयाँ बराबर बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ ।
प्रकाशित :२०७८ मंसिर २७, सोमबार १९:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%