होमवर्कको निहुँमा शिक्षकले कुटे विद्यार्थी
झापाको एक संस्थागत विद्यालयका गुरूले एक जना छात्रलाई निर्घात कुटेका छन्। होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्।
Advertisement 1
विर्तामोड(५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनर ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र डढेल्लोमा सुम्लो बस्ने गरी कुटेका हुन् ।
घटनाको पुष्टि गर्दै विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुनः रोजगार नमिल्ने गरी हटाइएको बताए।
Advertisement 2
विद्यार्थीकी आमा अञ्जनाले कानुनी कारबाही भोग्नुपर्ने माग राखेका छन् । विद्यालय प्रशासनले विद्यार्थीको चालु शैक्षिक सत्रको कुनै पनि शुल्क नलिने पीडित परिवारसँग राखेको प्रस्ताव भने अभिभावकले अस्वीकार गरेका छन्।
विद्यार्थी पिट्ने शिक्षक पोख्रेल इलामका स्थायी बासिन्दा हुन्। उनी चारालीमा डेरामा बस्दै आएका थिए।