प्रधानन्यायाधीशले पैसा खाएको सूचना भए बारमा बुझाउन आग्रह

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध आग्रह गरेका छन्।

Advertisement 1

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोध प्रदर्शन जारी छ । उक्त क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कानून व्यवसायी र सेवाग्राहीहरुलाई उक्त सूचना भएमा बुझाउन आग्रह गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले पैसावालको मुद्दामा मात्र प्रधानन्यायाधीश जबराले काम गरिरहेको आरोप लगाउँदै यदि कतै कुनै मुद्दामा पैसा खाएर फैसला गरेको सूचना भएमा तत्काल बारमा उपलब्ध गराउनुपर्ने बताए । बार आफैले पनि प्रधानन्यायधीशले हालसम्म गरेका फैसलाहरु संकलन तथा अध्ययन गरिरहेको पनि उनले बताए ।

Advertisement 2

प्रन्या जबराका कारण न्यायालयमा विकृति मौलाएको भन्दै उनको बहिर्गमनलाई मुख्य सर्त बनाएर बारले देशव्यापी आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।उनले विवादित प्रधानन्यायाधीश संलग्न भएका फैसलाले विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको बताउँदै त्यस्ता विवरण बारले संकलन, अध्ययन गरिरहेको बताए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए।

Advertisement 3

उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५र१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गरेका छन्।

प्रकाशित :२०७८ मंसिर ६, सोमबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry