ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बीमा थप प्रविधिमैत्री

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएको छ । यो इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारी जानुअघि गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा गत वर्षदेखि दिँदै आएको छ ।

Advertisement 1

सो सुविधालाई थप विस्तार गर्दै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने नेपालीहरूले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी अब आफ्नो मोबाइलमार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाइएको इन्स्योरेन्सले जानकारी दिएको छ ।

यस सेवामार्फत सेवाग्राहीहरू काउन्टरमै गई बीमा शुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुने र वीमितहरूको समय पनि बचत हुने इन्स्योरेन्सको दाबी छ ।

प्रकाशित :२०७८ मंसिर २, बिहीबार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry