एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले २५ असोजदेखि हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निस्काशन गरेको थियो ।

Advertisement 1

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गरेको छ । हकप्रद निष्काशनका लागि बैंकले १ असोजदेखि सेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो । यसअनुसार नेप्सेमा ३१ भदौसम्म कारोबार भइ कायम सेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदमा एनआईबीएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । हाल चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको बैंकको हकप्रद निस्कासनपछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ।

प्रकाशित :२०७८ कार्तिक २९, सोमबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry