भित्रको आदेश भन्दै सर्वोच्च अदालतमा पत्रकारहरूलाई पूर्ण निषेध
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ ।
Advertisement 1
सर्वोच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।
सो कार्डबाट पनि छिर्न नदिएको पत्रकारहरूले बताए । ‘भित्रबाट कुनै पनि पत्रकारलाई छिर्न नदिनु भन्ने आदेश छ,’ स्रोतले भन्यो । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ ।
Advertisement 2
प्रकाशित :२०७८ कार्तिक २९, सोमबार १०:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%