रोजगारीको खोजीमा हुनुहुन्छ ? काठमाडौं महानगरपालिकाले सबैलाई दिँदैछ रोजगारी

कोभिडका कारण रोजगारी गुमाएकालाई काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिने भएको छ । महानगरले एक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले कोभिड–१९ का कारण रोजगारी गुमाएका र श्रम गर्न सक्ने महानगरबासीलाई ‘जीवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७’ बमोजिम रोजगारी उपलब्ध गराउन लागेको हो । कोभिड महामारीका कारण दैनिकी धान्न अप्ठ्यारो परेका सबै बेरोजगारलाई रोजगारी दिन लागेको छ ।  

Advertisement 1

महानगरबासीको दैनिक धान्न सजिलो होस् भनेर महानगरले साताको दुई दिन रोजगारी नभएकालाई रोजगारी दिन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘कोभिडका कारण रोजगारी नभए आफ्नो दैनिक धान्न गाह्रो भएका बासिन्दालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो,’ उनले भने ‘उनीहरूले नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक पाउने छन् ।’ यसबाट उनीहरूको दैनिक गुजार चलोस् भन्ने हो ।’ अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि महानगरले महानगरबासीलाई रोजगारी दिएर जीवनयापन सहज बनाउन लागेको हो ।’

बरोजगारले आफ्नो सीप र क्षमताअनुसारको काम वडा कार्यालयले सिर्जना गर्नेछ र सम्बन्धित वडा कार्यालयलनै रोजगारी दिनेछ ।’ अर्को वैकल्पिक व्यवस्था नभएसम्म महानगरले उनीहरूलाई साताको दुई दिन रोजगारी दिनेछ ।’ महानगरले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमै कोभिडका लागि स्वास्थ्य उपकरण खरिददेखि बेरोजगारलाई रोजगारी सिर्जना गर्नको लागि ४० करोड बजेट छुट्याएको समेत प्रवक्ता डंगोलले जानकारी दिए । 

Advertisement 2

रोजगारीका लागि फाराम भर्नुपर्ने गरी फारम महानगरको वेवसाइटमा राखिएको छ । जसमा आफ्नो परिचयसँगै, स्थायी र अस्थायी ठेगाना, उमेर, भाडामा बसेको हो भने घरधनीको नाम र सम्पर्क नम्बर तथा आश्रित परिवारको संख्या तथा सम्भव भए पहिलेको रोजगारदाताको विवरण पनि उल्लेख गर्न भनेको छ ।

प्रकाशित :२०७७ कार्तिक २९, शनिबार ०६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry