अदालत परिसरमा वकिल-प्रहरी झडप, बार महासचिवसहित ६ वकिल घाइते

प्रहरीसँगको धकेलाधकेलमा ६ वकिल घाइते भएका छन्। बिहीबार सर्वोच्च अदालत अगाडि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा प्रदर्शनमा उत्रिएका वकिल प्रहरीसँग धकिलाधकेल गर्दा घाइते भएका हुन्।

Advertisement 1

नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार बारका महासचिव लिलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

Advertisement 2

कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित :२०७८ कार्तिक २५, बिहीबार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry