राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा पाठक

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा बलराम पाठक नियुक्त भएका छन् ।

Advertisement 1

नवनियुक्त पाठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष मंगलबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पद तथा गोपनीयताको शपथ लिए ।

सोमबार बसेको समिति बैठकले पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका पाठकसँग राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकका रूपमा काम गरेको अनुभवसमेत छ । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय श्री निलम तिम्सिना ढुङ्गाना तथा श्री बमबहादुर मिश्र, लयायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।

प्रकाशित :२०७८ कार्तिक १७, बुधबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry