पृथ्वीनारायण शाहको श्राद्ध अहिले हुँदैन
नेपाली इतिहासको अध्ययन,अनुसन्धान र उत्खननमा दिनेशराज पन्त विकिपीडिया नै हुन् । कुनै विद्यालय वा विश्वविद्यालयबाट औपचारिक शिक्षा नलिएका र स्वर्गीय नयनराज पन्तले स्थापना गरेको संशोधन मण्डल पद्धतिबाट अध्ययन गरेका हुन उनले जो इतिहास सम्बन्धी ‘रिसर्च सेन्टर नै मान्न सकिन्छ । उनै पन्तकै मार्गनिर्देशनमा आजसम्म मात्र २५ जना विद्यार्थीले पीएचडी गरिसकेका छन् । उमेरले सात दशक नेटो काटिसक्दा समेत अध्ययन तथा अनुसन्धानमा रमाइरहने पन्तले जीवनका ३९ बर्ष प्रध्यापनमै बतिाए । ०३१ साउन १ गतेबाट २०६९ कात्तिक २ सम्म बाल्मिकी क्याम्पसमा प्राध्यापन गरेका उनी अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञका रुपमा कार्यरत छन् । यस अघि दर्शनशास्त्र विभाग प्रमुख थिए चितरञ्जन नेपाली,डिल्लीरमण रेग्मी,बाबुराम आचार्य,पुरुषोत्तम शमशेर जबराझैं उनका पिता नयराज र दाजु महेश नेपाली इतिहासका सामाग्रीहरुको खोजीमा महत्वपूर्ण योगदान गरेका पन्तको नाम नेपालका इतिहासकारको सूचीको अग्रस्थानमा आउँछ । हालसम्म उनका ४३ पुस्तक प्रकाशित छन् । जसमध्ये २२ वटा त एकल पुस्तक हुन् भने बाँकी समूहमा लेखिएका । ७२ वर्षीय पाको उमेरमा पनि इतिहास उत्खनन् मै लागिरहेका पन्तका चर्चित कृतिहरुमध्ये नेपाली सेनाको इतिहास, पृथ्वीनारायण शाहको उपदेश भाग १ देखि ५ सम्म, श्री ५ त्रिभुवनको राज्यरोहण, गोरखाली विजय यात्रा लगायतका हुन ।
Advertisement 1
भर्खरै दशैं पर्व मनायौं अब तिहार,छठ लगायतका पर्व छदैंछ । यी र यस्ता चाडपर्व कसरी शुरुवात भयो ? यस्को इतिहास बताइदिनुहोस न
समाजमा मान्छेलाई एउटा धार्मिक पद्धति र अर्काे सामाजिक पद्धति चलाउनुपर्दछ । क्नै समयमा दशैं चार वटासम्म मनाइन्थ्यो । शरद ऋृतुमा मनाइने वडा दशैं,बसन्त ऋृतुमा मनाइने चैते दशैं त्यस्को अवशेष कुनै न कुनै रुपमा छ । अषाढ र पौष महिनामा पनि कुनै समय दशैं पर्व मनाइन्थो अर्थात हरेक तीन तीन महिनामा दशैँ मनाउने गरिन्थ्यो । हाम्रो परिप्रेक्ष्यमा भन्ने हो भने लिच्छवीकालदेखि नै दशैँ मनाइने गरेको अभिलेख भेटिन्छ । आजभन्दा छ सय वर्ष अगाडि पृथ्वीराज मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा दशैँ मनाइने गरेको उल्लेख गरिएको भेटिन्छ । प्राचीन कालमा राम र रावणका कुरा जोडिनु,पूर्व कालदेखि नै महिला शसक्तिकरण पर्वका रुपमा दशैंलाई लिन सकिन्छ ।
कसरी र कुन आधारमा भन्न सकिन्छ कि दशैं पर्व महिला सशक्तिकरणको पर्व हो भनेर ?
दशैं पर्व भनेको सत् र असत् पर्वका रुपमा लिइन्छ । देउताहरुको पनि केही नलागे पछि एक जना देवीले देवताका विविध अस्त्र प्रयोग गरेर लडाँइ लडेको पाइन्छ । कृषकहरुको चाहिँ बाली नाली लगाएर फुर्सदमा रहेको र बाली नाली काटिहाल्ने समय नभएको अबस्थामा भगवतीको आराधना गरेर शक्ति आर्जन गर्ने र मनोरञ्जन गर्ने, शासकहरुले दशैँको दिन दुर्गाको आराधना र पूजापाठ गरेर आफ्नो विजयी यात्रा प्रारम्भ गर्ने गरेको उल्लेख गरिएको देखिँदा यो स्त्री सशक्तिकरणको पर्व मान्न सकिन्छ । पूर्व मध्यकालदेखि दशैं भव्य रुपमा मनाइन थालेको अभिलेखहरु भेटिन्छ ।
दशैँको अवसरमा गोरखाका राजाले काठमाण्डौका राजासँग मित लगाएको पनि किंवदन्ती पनि सुनिन्छ । वि स १७३५ मा काठमाडौंमा प्रताप मल्लका छोरा राजा थिए । गोर्खाका राजा थिए पृथ्वीपती शाह, उनी पृथ्वीनारायण शाहका बाउ नरभुपालका बाजे । उनले महाअष्टमीको पर्वका दिन काठमाडौं आएर मित लगाएको उल्लेख छ । शुरुमा सनातनी हुँदै हिन्दुको पर्व भयो । बीचमा दशैं बहिष्कार गर्नेहरु पनि निस्किय । गोरेबहादुर खपांगीजस्ता व्यक्तिले टीका बहिष्कार गरेका थिए भने राजाका पालामा मन्त्री बनाएपछि टिका थाप्न गएकै हुन् । आजभन्दा ६ हजार वर्ष पहिला सिन्धुघाटीको सभ्यता देखिनै दशैँ सुरु भएको अनुमान गरिन्छ । प्राचीनकालमा राजाहरुले देवीको आराधना गरेर शक्ति सञ्चय गर्ने र विजययात्राको आरम्भ गरेको पाइन्छ । दशैँमा दुःख परेकाहरु, निमुखाहरुको संरक्षण गर्ने, दुष्टहरुको थिचोमिचोलाई हटाउने चाडको रुपमा लिँइदै आएको छ ।
पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्म आउँदा राजाहरुले कुमारीको हातबाट दशैँको टीका लगाउने प्रचलन छ । अहिले पनि शासकहरु र राष्ट्रपतिले पनि यो चलन कायमै राखेका छन् ।
तिहारको प्रचलन कसरी भयो ?
जनैपूर्णिमा ब्राह्मणले मनाउने, दशैँ क्षेत्रीले मनाउने, तिहार वैश्यले मनाउने र फागु शुद्रले मनाउने गरिन्थ्यो । लक्ष्मीको पूजा पनि स्त्रीको पूजा हो । यो पशुपक्षीको पूजा गर्ने पर्व हो । हाम्रो समन्वयवादी दर्शन छ । कति हामीले व्याख्या गर्न जानेनौ । कति हामीले बुझेका छैनौं । नेपालका हरेक मानिससँग सबै कुरा मिल्दैन । तर जति मिल्छ त्यहाँसम्म सहकार्य गर्ने हो ।
इन्द्रजात्रा पर्वलाई काठमाडौंका नेवारहरुको हारको पर्व भनिन्छ । हारलाई पनि उत्सवको रुपमा मनाउने प्रचलन चाहिँ कसरी र किन शुरु भयो ?
इन्द्रजात्रा दशैंभन्दा पनि पूरानो पर्व हो । खोज्दै जाँदा वैद्यिक युगसम्म पुगिन्छ । मल्लकालमा धुमधामसँग मनाइन्थ्यो । अन्तिम मल्ल राजा जयप्रकाश मल्लले केही थपेर ल्याए । पृथ्वीनारायणका छोरा प्रताप सिंह शाहको पालामा पहिले लिंग नुवाकोटमा मात्र उठाइन्थ्यो । नयाँ सडकको ढोका त्यो मल्लकालिन ढोका हो । नेवारी भाषामा कन्थुला र थन्थुला भनिन्छ उकालो जाने र ओरालो आउने । पछि त्यो पुरिदै,पिच हुँदै गयो ।
Advertisement 2
अहिलेको टुडिखेल,रानीपोखरी,जमल यी सबै शहर बाहिरका ठाउँ । अहिले पनि लिंग ल्याइदा भोटाहिटीमा ल्याइन्छ,गोर्खाबाट फुलपाति ल्याएर जमलमा राखिन्छ त्यो भनेको शहर प्रवेश गराइएको हो । पृथ्वीनारायण शाहले विस १८२५ असोज १३ गते । १८२२ तिरै अहिलेको शोभाभगवति,विजयश्वरीतिर उनको दबदबा थियो । सेतो मच्छिन्द्रनाथको शान्ति पुस्तकमा बिष्णुमतिबाट पानी ल्याउनुपर्ने तर गुभाजुहरु त्यहाँ जान नसक्ने,गोर्खालीहरुले मार्छन भनेर डराउने । राजाले सिपाही राखेर पानी ल्याए भन्ने उल्लेख छ । इन्द्रजात्रामा मस्त भएको समयमा गोर्खालीले नहानेको भए त्यो विजयको अभियान दुई चार दिन पछि जान्थ्यो होला । पृथ्वीनारायण शाहको ठाउँमा अरु कोही राजा भएको भए त्यसलाई प्रतिशोधको रुपमा लिन्थे होला । पृथ्वीनारायण शाह लुट्न आएका हैनन्,राज्य विस्तार गर्न आएका हुन् । पृथ्वीनारायाण शाहको नेपालको पूर्ण एकीकरणले सम्पूर्ण नेपालीलाई फाइदा भयो । आजभन्दा अढाई सय बर्ष अघि कुपण्डोलको मान्छेले थापाथलीको ऐश्वर्य भोग गर्न पाउँदैनथ्यो । किल्लाको दृष्टिले काठमाडौंलाई राजधानी छानेका हुन् । एकीकरणबाट सबैभन्दा बढी फाइदा नेवारलाई भएको छ तर जानी नजानी नेवारहरुले नै विरोध गरेको पाइन्छ ।
उपत्याकामा त्यत्रा मल्ल राजाहरुले राज गरे । आज उनीहरु कहाँ कुन अबस्थामा छन् ? जात फेरेका हुन वा विदेश पलायन भएका हुन् ?
लिच्छवी कालदेखि हेर्ने हो भने मानदेवदेखि द्धितीय जयदेवसम्मको । अहिले लिच्छवी भनेर आफूलाई चिनाउने मान्छे कोही छैन् ।
किन होला ?
इतिहासकार वावुराम आचार्यले कतै लेख्नुभएको थियो,लिच्छवीहरु ज्यापू हुन भनेर लेख्नुभएको थियो । ज्यापू मुलत खेती गर्ने वर्ग हो । अहिले आफूलाई मल्ल भनेर चिनाउने केही भेटिन्छन् । ०४२ सालतिर मैले एउटा लेख लेखेको थिए,पृथ्वीनारायण शाहको श्राद्ध अहिले हुँदैन् । उनी कति उदार भने, जयप्रकाश मल्लको आफूलाई सन्तान भन्नेहरुलाई श्राद्ध गर्नका लागि सरकारले पैसा दिँदो रहेछ,राजकीय कोषबाट ।
प्रशिद्ध नाटककार विजयबहादुर मल्ल,गोविन्दबहादुर,ऋृद्धिबहादुर मल्लहरु छन् । त्यस्ता मल्ल भनेर चिनाउने कति होलान् ? त्यत्रा कजीका सन्तान सानो तिनो सिपाही वा भनौं कुनै जागिर खान आयो भनेर आफ्नो बेइज्जती हुने,दिने शासकले पनि नदिने भएका कारण आफ्नो पहिचानै मेट्ने वा लुकेर बस्ने पनि हुँदा रहेछन् । जयप्रकाश मल्लको आफ्नै सन्तान थिए कि थिएनन् ? ज्योतीप्रकाश मल्ल १८२० मा मृत्यु भएको उल्लेख छ ।
१०४ बर्ष राज गरेका राजादेखि शाह वंशीय सन्तानहरु पनि त्यति चर्चामा आउँदैनन् वा छैनन् । कहाँ गुमनाम भए होला ?
राणाको संख्या ठूलो भयो । जंगबहादुरका सात भाई आफ्नै आमातिरका भए । धिर शमशेर,विर शमशेरका १७ भाई खलक । एउटा युग बदलेका हुँदा राणाको खलक भनेर चिनाउने हजारौ भेटिन्छन् । राना मगरले राणा लेखेको पनि भेटिन्छ ।
तपाईलाई इतिहासको विकिपिडिया । कसरी संकलन गर्नुहुन्छ । यस्ता तथ्य तथ्यांक ?
बाबु बाजेकै पालादेखि यही गर्न काम गरिएको । यो भन्दा दायाबायाँ केही जानिएन् । मियाँजीकी दौड मस्जिद तक भनेझैं अरु काम केही गरिएको छैन । रस बस्यो ।