लोक सेवा पास गर्न कसरी पढ्ने ?

तुलसीराम ढकाल कामको सिलसिलामा पाल्पा पुगेका थिए । चिया पसलमा गफको क्रममा थाहा पाए, महिलामा लोक सेवा परीक्षाको आकर्षण निकै बढी रहेछ । पैसाको अभाव, कामको व्यस्तता र घरायसी समस्या । लोक सेवा तयारीका लागि आफूहरूसँग समय नहुने स्थानीय दुई महिला बताउँदै थिए । ढकाल त्यसअघिदेखि नै लोक सेवा तयारी कक्षामा पढाउँथे । पाल्पाको अनुभवले उनलाई नयाँ ‘आइडिया’ दियो, महिलाहरूलाई लक्षित गरी युट्युबमा भिडियो अपलोड गर्ने र त्यसैबाट परीक्षाको तयारी गराउने ।

Advertisement 1

उनलाई पनि दिनहुँ कक्षामा गएर पढाउनुपरेको चित्त बुझेको थिएन । धेरै विद्यार्थी लोक सेवा कक्षाबाहिरै रहेको थाहा पाउँदा उनको मन चिमोट्यो । कक्षामा कोर्स गर्ने हतारो मात्र हुन्छ । युट्युबमा जाँदा दोहोर्‍याई(तेहेर्‍याई पढ्न पाउने उनको दिमागमा आयो ।

कसरी विद्यार्थीलाई मद्दत गर्ने भन्ने प्रश्नले पोल्दै गर्दा उनले ‘तुलसीराम ढकाल’को नाममा युट्युब च्यानल खोले । प्रविधिको प्रयोगबाटै विद्यार्थीलाई पढाउने उनको आइडियाले कमाल गर्‍यो । १७ कार्तिक ०६८ मा खोलिएको उनको च्यानलका ‘सब्स्क्राइबर’ मात्र २५ हजार दुई सय ८६ पुगिसकेका छन् । र, च्यानलका ‘भ्युअर्स’ १९ लाख ७९ हजार तीन सय ८० पुगिसकेका छन् । यसबाट देखिन्छ, मुलुकमा लोक सेवाको तयारी र सरकारी जागिरप्रतिको आकर्षण कति छ भन्ने । अब लोक सेवा तयारी गर्नेहरूले कुनै ‘इन्स्टिच्युट’ धाउनुपर्दैन । घरमा इन्टरनेट भए पुग्छ । मोबाइलबाटै गृहिणीले पनि लोक सेवाको तयारी गर्न सक्छन् ।

Advertisement 2

घरमै बसेर तयारी

ढकालको प्रयासले अब लोक सेवा तयारी गर्नेहरूले कुनै ‘इन्स्टिच्युट’ धाउनुपर्दैन । घरमा इन्टरनेट भए पुग्छ । मोबाइलबाटै गृहिणीले पनि लोक सेवाको तयारी गर्न सक्छन् ।

Advertisement 3

बजारमा यत्रतत्र पाइने सरकारका विभिन्न तहका परीक्षासम्बन्धी पुस्तक सबैको पहुँचमा छैनन् । युट्युबले भने परीक्षाको तयारीलाई सर्वसुलभ बनाएको छ । उनलाई यसका लागि प्रेरणा दिएका थिए, बाबुराम भण्डारी । भण्डारी उनका जेठान हुन् र युट्युब च्यानल बनाउँछन् ।

युट्युब च्यानलमा उनले लोकसेवा तयारी कक्षा, कम्प्युटरसम्बन्धी जानकारी, कम्प्युटर सिक्ने र अन्य आईक्यूसँग सम्बन्धित् भिडियो अपलोड गर्दै आएका छन् । हालसम्म एक सय ८५ वटा भिडियो अपलोड भइसकेका छन्, उनको च्यानलमा ।

उनले पहिलो भिडियो भने १५ पुस ०७३ मा अपलोड गरेका थिए, जुन दुई मिनटको थियो । शहरी इलाकामै बस्ने विद्यार्थीहरू पनि सबैले तयारी कक्षा लिन पाएका हुँदैनन् । काम गर्दागर्दै कक्षामा पुग्न उनीहरूलाई सहज हुँदैन । ढकालको प्रयासले पैसा हुने÷नहुने र समय व्यवस्थापन गर्न सक्नेरनसक्ने सबैलाई सहजै तयारी गर्न दिएको छ ।

‘व्यस्त रहने विद्यार्थीहरूलाई लक्षित गरेर मसँग रहेको ज्ञान युट््युबमार्फत् बाँड्न खोजेको हुँ,’ उनी भन्छन् ।

घरायसी काम र व्यस्तताका कारणले पढाइलाई समय दिन नसक्ने विवाहित महिला उनको प्रयासबाट लाभान्वित बनेका छन् । काम र पढाइका कारण तयारी कक्षामा जान नसक्नेहरूका लागि पनि उनको युट्युब च्यानल उपयोगी बनेको छ ।

घर वा आफूलाई अनुकुल स्थानमा बसेर मोबाइल वा ल्यापटपबाट सजिलै सबै विषय सिक्न सक्ने व्यवस्था ढकालले मिलाइदिएका छन् ।

उनकी श्रीमती पनि उनको कामप्रति दंग छिन् । भिडियो अपलोड गर्न शुरुमा उनले पनि सघाएकी थिइन् । पहिलो पटक अपलोड गरिएको भिडियो श्रीमतीले मोबाइलबाट खिचिदिएकी थिइन् ।

पछिल्ला दिनमा उनले दुर्गम भेगका विद्यार्थीहरूबाट राम्रो ‘रेस्पोन्स’ पाएका छन् । त्यस्ता विद्यार्थीलाई काठमाडौं आएर लोक सेवा तयारी गर्नु सानोतिनो लडाईं जितेसरह हुन्छ, अझै ।

जुनसुकै जटिल प्रश्नको उत्तर सजिलो तरिकाबाट हल गर्नसक्ने क्षमता उनमा छ । उनको च्यानलमा आईक्यूलाई सजिलै हल गर्न सकिने गरी भिडियोहरू छन् ।

सामान्य ज्ञान, आईक्यू, गणित र कम्प्युटर विषयमा उनी पोख्त छन् । आफ्नै कोेठामा रहेको ‘ह्वाइट बोर्ड’मा प्रश्न हल गर्दै भिडियो बनाउने गर्छन् । शुरुमा श्रीमतीलाई भिडियो खिच्न लगाएका उनी अहिले भने ‘स्ट्यान्ड’को मद्दतले एक्लै भिडियो बनाउँछन् अनि आफैं सम्पादन गर्छन् ।

गुल्मीको सत्यवती गाउँपालिका ६ अरुंगा बजारका स्थायी बासिन्दा हुन्, उनी । केही समय काठमाडौं बाँसबारीस्थित रिपुमर्दिनी सैनिक माविमा ‘कम्प्युटर साइन्स’का शिक्षक पनि हुन् ।

अध्ययन गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । लोक सेवा तयारी गर्ने लेवलमा आइपुग्नुभएका सबैले एउटा शैक्षिक दक्षता हासिल गरेरै आउनुभएको हुन्छ । त्यसैले पढ्ने तरिका यो मात्रै हो, यसरी नै पढ्नुपर्छ भन्ने केही छैन ।
एकदमै सामान्य लाग्ने यो सुझाव सुन्दा अचम्मको लाग्न सक्छ । लोक सेवाको तयारीमा जुटेका अधिकांश परीक्षार्थीलाई तोकिएको पाठ्यक्रममा के छ भन्ने समेत स्पस्टरूपमा जानकारी हुँदैन ।

यसले एकातर्फ परीक्षार्थीको कन्फिडेन्स लेबललाई घटाउँछ भने अर्कोतर्फ विषयगत परीक्षाका केही च्यालेन्जिङ र डिटरमाइनिङ प्रश्नहरूमा परीक्षार्थीलाई अनुत्तरित हुनबाट जोगाउन सक्दैन । पाठ्यक्रममा के छ भनेर भन्न सक्ने सम्म भएमा पनि यसले परीक्षामा ठूलै मद्दत गर्न सक्छ । परम्परागत शैलीको अध्ययनले अबको आवश्यकतालाई पूरा गर्न सक्दैन । हाल परीक्षामा सोधिने नयाँ शैलीका प्रश्नको समाधान गर्न अध्ययनको दायरालाई बृहत् पार्नु अनिवार्य भइसकेको छ ।

समसायिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुलाई ध्यानमा राख्नुपर्ने हुन्छ । लेख्दा जहिले पनि लामो गफ लेख्नुहुँदैन । धेरै विद्यार्थीहरुलाई प्रश्नको उत्तर आफूलाई जानेजस्तो लाग्छ र आफ्नो तरिकाले धेरै लेख्ने हुन्छ । वास्तवमा प्रश्नले सोधेको के थियो रु भन्ने आधारमा मात्रै उत्तर दिनुपर्छ । प्रश्नले एउटा उत्तर खोजेको हुन्छ, हामीले मिल्दोजुल्दो लेखेर आउँछौँ । जाँच पनि राम्रो भएजस्तो लाग्छ तर प्रश्नको उत्तर सही नहुन सक्छ ।

अर्को महत्वपूर्ण कुरा समयको व्यवस्थापन हो । प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन । यो विषयमा पनि ख्याल गर्नुपर्छ ।

लिखितमा सफल भइसकेको मान्छे अन्तर्वार्तासँग सम्बन्धित विषयमा त्यत्ति ठूलो फरक पनि हुँदैन र फालिने सम्भावना कम हुन्छ । त्यसैले जति सक्दो लिखित परीक्षामै सबैलाई उछिन्नतर्फ केन्द्रित हुनुपर्छ ।

प्रकाशित :२०७८ आश्विन ३०, शनिबार १९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry