नेवानिका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement 1

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए । उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । चतर्वेदीको बुलबुलेमै घर रहेको छ ।
घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो । परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रकाशित :२०७८ आश्विन २१, बिहीबार १२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry