बारले एमिकस क्युरी नपठाउँदा संवैद्यानिक इजलाससम्बन्धी विवादको पेशी फेरि सर्यो
विगत आठ महिनादेखि कचटिल्दै आएको संवैद्यानिक परिषद्सम्बन्धी अध्यादेश विवादको मुद्धाको पेशी फेरि सरेकोको छ । सो मुद्धा किनारा लगाउन भन्दै न्यायधीशद्धय प्रकाशकुमार ढुंगना र मनोजकुमार शर्माको इजलाशमा पेशी तोकिएको भए पनि नेपाल बार र सर्वोच्च बारले एमीकस क्युरी नपठाइदिँदा आजका लागि तोकिएको पेसी सरको हो ।
आज प्रधानन्यायीधश राणा निकट मानिएका न्यायधीशद्धय प्रकाशकुमार ढुंगना र मनोजकुमार शर्माको इजलाशमा पेशी तोकिएको थियो । ५ नम्बर इजलाशको पहिलोमै राखेर आज सुनुवाई का लागि पेसी तोकिए पनि इजलाशप्रति आपत्ति जनाउँदै बारले एमीकस क्युरी नपठालउँदा पेशी फेरि सर्न पुगेको हो । वार स्रोतका अनुसार सिष्टम अनुसार नहुँदा नाम नपठाइएको हो । अस अघि गत १७ भदौंमा न्यायधीश हरि फुँयालको इजलासबाट आएको अन्तरिम आदेश र विपक्षीको लिखित जबाफ सर्वोच्चले बारलाई नपठाएको कारण एमीकस क्युरी नपठाइएको जनाइएको छ । अब छिट्टै पठाइने सो स्रोतले सुनायो ।
Advertisement 1
आज सर्वोच्च र नेपाल बारबाट पठाइएका एमीकस क्युरीले बहस गर्ने बताइएको थियो । नेपाल बार एशोसिएसनले पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारले वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णयसमेत गरेको थियो । एमीकस क्युरी नै नपाठाइपछि आजका लागि तोकिएको पेसी त्यसै सरेको छ ।
गत ५ पुसमा केपी शर्मा ओलीले पहिलो पटक संसद बिघटन गरेर संवैद्यानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । सोही अध्यादेशमा टेकेर पुस र वैशाख २६ गते गरी विभिन्न संवैद्यािनक निकायह्रुमा ५२ जनालाई नियुक्ति दिलाइएको थियो । अध्यादेशको आडमा टेकेरे संवैद्यानिक निकायहरुमा नियुक्ति लिएको बिषयलाई किनारा लगाउनुपर्ने यो मुद्धा ८ महिना व्यतित हुँदासम्म पार लाग्न सकेको छैन । बरु अझैं संवैद्यानिक इजलाशमा को बस्ने वा को नबस्ने भन्ने लफडामै अल्झिरहेको छ ।