यसपटकको राष्ट्रिय जनगणनामा करिब ६० हजारले रोजगारी पाउने


राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको छ । जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी छ ।
१२ औं राष्ट्रिय जनगणनाको तयारीमा जुटेको केन्द्रीय तथ्यांक विभागले अहिले धमाधम जनगणनाका लागि प्रश्नावली तयार पार्ने,हेल्प डेस्क वा कल सेन्टर स्थापना गर्ने,जनगणनाको भण्डारण केन्द्र तयार पार्ने, स्थानीय तहका लागि तालिम सामाग्री प्याकिग गर्नेदेखि आवश्यक सामाग्री खरिद गर्ने,निर्देशिका,कार्यविधि तयार पार्ने,संशोधन गर्ने काम द्रुततर गतिमा चल्दैछ ।

Advertisement 1

जनगणनाका लागि देशभर ८७ वटा कार्यालय खोलिदैंछ । हरेक जिल्लामा एक एक वटा कार्यलय रहन्छन नै । काठमाडौं ,मोरग जस्ता अत्याधिक जनघनत्व भएका जिल्लामा १ भन्दा बढी कार्यालय खुल्नेछन् । त्यहाँका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार काठमाडौंमा मात्र ५ वटा यस्ता कार्यालय खुल्दैछन् । यस्का अलवा प्रदेश प्रमुखको संयोजकत्वमा प्रदेश जनगणना कार्यालय अलग्यै खुल्नेछन् । ७५३ स्थानीय तहमध्ये केहीलाई मर्ज गरी ३ सय ४९ स्थानीय जनगणना समन्वय समिति खुल्नेछन् । वाचडगको रुपमा हरेक वडामा वडा अध्यक्ष अन्तरगत सहजीकरण कमिटि गठन हुँदैछ । जनगणना सफल पार्न झण्डै ५० हजार बढी कर्मचारी करारमा भर्ती लिइदैंछ । यसरी भर्ति भएकाहरुले कम्तिमा एक महिनादेखि बढीमा २ महिना काम पाउनेछन् र तलब मासिक २५ हजार हाराहारी तोकिएको छ । अहिले विभाग कहाँ कहाँ कार्यलय लाग्ने,तालिम कहाँ दिने लगायतका कार्यविधि बनाउन जुटिरहेको छ ।
६० हजार संख्यामा नियुक्ती पाउने गणकहरुले झण्डै ६५ देखि ३० लाख घरधुरीमै पुगी ३ करोड हाराहारी जनसंख्याको तथ्यांक विववरण संकल गर्नेछन् ।
सोही अनुरुप नेपाल राजपत्रमा राष्ट्रिय जनगणना, २०७८ को एकीकृत प्रश्नावली भदौ १५ गते प्रकाशित पनि भइसकेको छ । जनगणना गर्दा गणकले घरको संख्या, तला,पेशा, बैंक खाता,परिवारका सदस्य (महिला, पुरुष र अन्य लिङ्गी) लगायतका परिवारिक एंव व्यक्तिगत विवरण संकलन गर्नेछन् । यस्तै,व्यक्तिगत विवरणमा घरपरिवारका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर जातजाति, भाषा धर्म वैवाहिक स्थिति, बालबालिका, अपाङ्गता, बसाइसराइ, प्रजनन्, आर्थिक क्रियाकलाप लगायतका विवरणहरु सङ्कलन हुनेछ । गणकहरु दैलो दैलोमा चाहिँ ७८ साल २५ जेठदेखि ७ असारसम्म पुग्नेछन् र जनगणना गर्नेछन् । यसरी संकलन गरिएको डाटालाई प्रशोधन गरी ०७९ वैशाखपछि सार्वजनिक हुनेछ । यस बर्ष तथ्यांक विभागले जनगणनालाई लक्षित गरी तीन अर्ब बजेट पाएको छ जसरी निर्वाचनमा खटिएकाहरुले शतप्रतिशत भत्ता पाउनेछन् उस्तै गरी गणक र कर्मचारीहरुले सतप्रतिशत भत्ता पाउनेछन् । बजेट अपूग हुने भयो भन्दै त्यहाँका अधिकारीहरु चाहिँ बजेट थप गरिदिनुपर्यो भन्दै अर्थका अधिकारीहरुसँग हार गुहार माग्नेक्रम पनि चल्दैछ ।

प्रकाशित :२०७७ कार्तिक १७, सोमबार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry