/* google adsense */

आज मुलुकभर सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गत ४ साउनको मन्त्रिपरिषद्को बैठक अनुसार सरकारले देशैभर सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०६:५४

प्रतिक्रिया दिनुहोस्