/* google adsense */

ओली सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज

ओली सरकारले ल्याएको अध्यादेश देउवा सरकारले खारेज गरिदिएको छ । ओली सरकारले दुई पटकसम्म संवैद्यानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । देउवा सरकारले सो अध्यादेश खारेज गर्नै हिजो शनिवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

सरकारको सिफारिसमा उनले आइतबार अध्यादेश खारेज गरेकी हुन्।ओली सरकारले दुई पटक संवैद्यानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत ५२ जनालाई नियुक्ति दिएको थियो । सो नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा विचराधिन रहेकै अबस्थामा ती आयोगमा आयुक्त तथा पदाधिकारीहरुले नियुक्ति पाइसकेका छन् । र अहिले आएर सो अध्यादेश नै खारेज भएको छ ।

देउवा सरकारले एक पछि अर्काे गर्दै ओली सरकारका निर्णयहरु उल्टाउन थालेको छ । यस अघि शुक्रवारको क्याविनेटले ओली सरकारले गरेका ८ राजदुतको नियुक्ति सिफारिस गर्ने निर्णय उल्टाइदिएको थियो ।

ओली सरकारका ९ राजदूतको नियुक्ति बदर,को-को छन् राजदुत बन्ने लाइनमा ?

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १५:२०

प्रतिक्रिया दिनुहोस्