/* google adsense */

अकुत आर्जनमा डामिएका अधिकृतलाई सफाइ

अकुत आर्जन गरी श्रीमतीको नाममा सम्पत्ति थुपारेको चार्ज लागेका कर अधिकृत टीकाराम भुसालले सफाई पाएका छन् । एक करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ सम्पत्तिको स्रोत नखुलको,अकुत रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुनादेवी घिमिरेको नाममा राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही बराबर बिगो कायम गरी आयोगले साढे तीन बर्ष अघि विशेष अदालतमा मुद्धा दायर गरेकोमा आयोगले प्रतिवादी बनाएकोमा दुवै जनाले सफाइ पाएका हुन् ।
भुषाल आन्तरिक राजस्व कार्यालय भरतपुरमा तत्कालिन कार्यरत प्रमुख कर अधिकृतका रुपमा कार्यरत रहँदा अकुत आर्जनमा डामिएका थिए । बिशेष अदालतका अध्यक्ष प्रेमराज कार्की तथा न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारुको इजलाशले उनलाई सफाई दिएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १५:०९

प्रतिक्रिया दिनुहोस्