/* google adsense */

अधिकृत सातौँका लागि ठुलो सङ्ख्यामा विज्ञापन

प्रदेश २ लोक सेवा आयोगले निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको छ ।

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिकरअप्राविधिक), अधिकृत सातौँ ९प्राविधिकरअप्राविधिक० पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।

परीक्षाको मिति पछि प्रकाशित गरिने बताइएको छ । सम्बन्धित उम्मेदवारले एकप्रति दरखास्त फाराम स्पष्टसँग भरी दरखास्त पेश गर्ने अन्तिम मितिभित्र आयोगको कार्यालयमा बुझाई सक्नु पर्नेछ । म्याद नाघी प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन । यसरी पर्न आएका दरखास्त फारामहरुलाई आयोगको कार्यालयले प्राप्त हुन आएको बढुवा सूचना नम्बर अनुसार एकमुष्ट रुपमा सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउने प्रबन्ध गर्नेछ ।

https://ppsc.p2.gov.np/wp-content/uploads/2021/07/vacancy-P2-2078.03.30.pdf

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १३:२८

प्रतिक्रिया दिनुहोस्