/* google adsense */

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको ७४ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अध्यक्ष अशोकुमार थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन् ।

अध्यक्ष थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १२:४८

प्रतिक्रिया दिनुहोस्