/* google adsense */

सबै कर्मचारीले सुगम रोजे दुर्गममा कस्ले काम गर्छ ?

साढे तीन दशक अघि विकट जिल्ला जुम्लामा जन्मिएका हुन नेत्रराज गिरी । बुबा बुवा देविदत्त र आमा खासीकलाको कोखबाट ।
सामान्य किसान परिवारमा जन्मिएका कृषकमा छोरा कष्टकर थियो वालापन । परिवारको रोजीरोटी कृषि र व्यापारबाट चल्थ्यो ।
परिवारको जेठो छोरा । मामा घरको बसाई । झोलीका देउता मानिन्छन् भाञ्जा,मामाहरुकै साथ पाएर नर्सरीदेखि ४ कक्षासम्मको शिक्षा कनिका निशा बोर्डिङ स्कुलबाट हासिल गरे ।
त्यसपछि मोडियो सरकारी विद्यालयमा त्रिभुवन माध्यामिक विद्यालय झारज्वला जुम्लाबाट ०५९ सालमा फलामे ढोका पार लगाए ।
उच्च माध्यामिक तहको पढाईका लागि बहुमुखी क्याम्पस जुम्लामा भर्ना भए । रोजाई थियो प्राविधिक बिषय तर सम्भव भएन्,प्राविधिक बिषयको पढाई । प्लस टु उत्र्तीण गरेसँगै गाउँकै एउटा नीजि विद्यालयको शिक्षक बने । त्यो जागिरबाट पहिलो तलब हात थापे,३ हजार । पढाई र घर परिवारका लागि केही भरथेग भयो ।
जिन्दगीमा अक्सर अवसरै अवसरले पछ्याइरहेको हुन्छ । मात्र त्यो अवसरलाई छोप्न जान्नुपर्दछ । त्यही कार्यरत रहँदा अर्काे अवसर भेटियो । तलब त्यहाँभन्दा १४ सय बढी ।
कर्णाली बोडिङ स्कुलका संस्थापक कर्मचारीको नेता जीवन भण्डारी । मेरो अभिभावक र मार्गदर्शक हुनुहुन्छ उहाँ । नीजि जागिर खाएर जसो तसो ज्यान पालिरहेको मलाई सरकारी सेवामा प्रवेश गर्नका लागि प्रेरणा दिने नै उहाँ । उहाँकै प्रेरणाले आज म सरकारी सेवामा छु ।
जुम्ला बहुमुखी क्याम्पसबाटै स्नातकतहसम्मको पढाई सकाए । ०६४ सालमा स्नातकत्तोरतहको अध्ययन गर्ने उदेश्यले राजधानी खाल्डो छिरे ।
जीवन सरकै साथ सहयोग पाएर म छिरेको काठमाडौं । त्रिविविमा मास्टर डिग्री भर्ना भए ।
जिन्दगीको लिक सजिलै रेखामा आफूले सोचेझैं कहाँ हिड्छ र ?बक्र,उबडखाबड छ जीवनको बाटो ।
जुम्लाबाट काठमाडौं छिर्दा योजना थियो कतै नीजि विद्यालयमा पढाएर भए पनि जीवनको गति अघि बढाउँला तर शहरमा सहजै कहाँबाट भेटिन्छ र नोकरी ?

May be an image of 2 people, people standing and text
शिक्षणको जागिर खोजिरहेको मेरा आँखा एउटा सरकारी विज्ञापनमा पर्यो । शान्ति मन्त्रालय मातहतको विज्ञापन थियो त्यो ।
आवेदन दिँए । आफ्नै गृह जिल्ला जुम्लामा स्थानीय शान्ति समितिको अधिकृत भएर काम गर्न पाउने अवसर थियो ।
जीवन नियमले होइन,संयोगले चल्दछ भन्छन् । संयोगवश नाम निस्कियो । त्यो अस्थायी जागिर थियो ।
०६५ सालमा सरकारी सेवामा प्रवेश गरे,जुम्ला बजारमा कार्यालय थियो । कार्यालय र घरको दुरी पार गर्न एक घण्टा पैदल हिड्नुपर्दथ्यो । तर घर नगई त्यही कार्यलयमै बसेर अध्ययनलाई निरन्तरा दिँदै थिए । जागिरसँगै अध्ययनलाई निरन्तरता दिँदै थिए ।
काम गर्दै गर्दा स्थायी नियुक्ति लिएर काम गर्ने रहर जाग्यो । चैत महिनामा विद्यालय निरिक्षकका लागि आवेदन खुल्यो,परीक्षा दिए । असफलता हात लाग्यो । निराश भइन्,जेठमा प्राविधिक साहायकका लागि दरखास्त आह्वान भयो,भिडे ।
नाम निस्कियो । नौ बर्ष अघि ०६७ कार्तिक १७ गते नेपाल सरकारको स्थायी नियुक्ती पाएँको हुँ नायब सुब्बा तहबाट । पहिलो पोष्टिं जिल्ला शिक्षा कार्यालय कालिकोटमा भयो । परीक्षा अनुगमन गर्दा शिक्षा कार्यालको काम अन्तर्गत प्राय सबै वडामा घुम्ने मौका मिल्यो । करिव चार वर्षसम्म त्यहाँ रहेर काम गरँे ।
जब काम मनैदेखि गरिन्छ,रोजेकै पेशा गर्न पाइन्छ,काम काम जस्तो लाग्दो रहेनछ । ४ बर्ष वितेकैपत्तै पाइएन ।
सरकारी सेवामा अझैं माथि जाने आकाक्षा थियो,अधिकृतस्तरको पढाईको तयारी गर्दैथिए ०७१ सालमा शिक्षा कार्यालय जुम्लामा सरुवा भयो ।
प्रशासन सेवातिर फड्को मार्ने चाहना थियो । आबेदन दिए, ०७२ सालमा अधिकृतमा नाम निस्कियो तर वैकल्पिकमा । ०७४ सालमा अधिकृतमा नाम निस्किएपछि म प्रशासन सेवातर्फ यूटर्न भए ।
०७५ सालमा त्रिपुरासुन्दरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा डोल्पामा खटिए । त्यहाँबाट तातोपानी गाउँपालिका,जुम्लाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भए ।
१० महिना त्यहाँ सेवा गरेपछि बराहताल गाउँपालिका सुर्खेत हुँदै अहिले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा कार्यरत छु ।
अधिकाश कर्मचारी शहरी क्षेत्र र विकासित क्षेत्र वा जिल्लामा सरुवा खोज्छन् तर मलाई दुर्गममै रहेर जनताको सेवा गर्दा आनन्द आउँछ ।
आज म मात्र होइन्,मेरा भाई बहिनीहरु पनि सरकारी सेवातिरै आकर्षित भएर यतै लागेका छन् । बहिनी इञ्जिनियरको रुपमा कार्यरत छिन् । भाई रेञ्जर ।

 

 

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ११:०३

प्रतिक्रिया दिनुहोस्